कठमाण्डौ, २६ साउन । गत २४ गते राति परेको अबिरल बर्षा पछी आएको बाढी पहिरो तथा डुवानका कारण नगर पालिकाका बिभिन्न ठाउँमा बाली, पशुधन, लगायत भौतिक सँरचनामा ठुलो क्षति भएको प्रति नगरपालिकाको गँभिर ध्यानाकर्षण भएको कागेश्वरी मनोहरा नगरपालिकाले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरे द्धवारा जारी बिज्ञप्ती अनुसार बिपदको सुचना प्राप्त क्षेत्रहरुमा नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष लगायतका जन प्रतिनिधीहरु, कर्मचारी तथा नगर प्रहरी सहित स्थलगत रुपमै खटिएर उद्धार कार्य गरिएको छ र बाढी तथा पहिरोबाट भएको क्षतिको बिबरण सँकलन कार्य भै रहेको छ । क्षतिको बिबरण प्राप्त हुनासाथ नगरपालिकाबाट तत्काल राहत तथा पुन स्थापनाको अत्याबस्यक कार्य अगाडी बढाइएको छ ।
प्राकृतिक प्रकोप अझै साम्य नभइ सकेकाले प्रभाबित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई सुरक्षित रहन नगरपालिकाले आग्रह गरेको छ । साथै नगरपालिकाले पिडीत परिवारलाई तत्काल उद्धार र राहत कार्यमा आबश्यक सहयोगका लागी नगरवासीलाई अपिल पनि गरेको छ । यसका साथै नगरपालिकाले दिर्घकालिन रुपमा नदि नियन्त्रण सहित बिपद् न्यूनिकरणकालागी सँघिय सरकार तथा प्रदेश सरकार सँग समन्वय गरी आबश्यक योजना तथा कार्यक्रम अगाडी बढाउने जानकारी समेत गराएको छ ।