काठमाडौं, साउन २८ । पार्टीले टिकट दिएमा यस पटक काठमाण्डौ निर्बाचन क्षेत्र नँ २ मा आफुले चुनाब लड्ने र जित्ने घोषण राट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य कुन्ती पोख्रेलले गरेकी छीन ।
एमालेको बर्चस्व रहँदै आएको काठमाण्डौ २ मा एमाले सँग गठबन्धन गरेर जित्ने तर्फ सँकेत गर्दै उनले आफ्ना पार्टीका शिर्ष नेताका अगाडी भनिन देशको देशप्रेमी नेता केप ीओली हो आउनुस हातेमालो गरौ ।
ऋाज राजधानीमा भएको कार्यक्रममा उनले भनिन ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका अग्रजहरूले आशीर्वाद दिनुहुनेछ । यहाँ उपस्थित सबै साथीहरूलाई भन्न चाहन्छु हाम्रो एजेन्डा स्थापित गर्न लागि परौँ । हाम्रो जित सुनिश्चित छ ।’
पाोख्रेलले भनिन ‘केपी ओली र प्रचण्डले पनि राजाको बयान गर्न थालेका छन । एमाले नेता दुर्गा प्रसाईँले त खुलेरै सङ्घीयताको काम छैन भनिसकेका छन अरू नेताहरू पनि बोल्न थालेका छन । अन्त्यमा राप्रपाको एजेन्डा नै सही रहेछ भनेर प्रस्ट हुँदै छ ।’
प्रचण्डले देश बेच्ने काम गरेको आरोप लगाउँदै उनले थपिन ‘केही समय अघि प्रचण्ड भारत गएका थिए । दिल्लीमा नागरिकता विधेयकको विषयमा केही त छलफल भयो । त्यसपछि मात्रै यो विधेयक पारित भएको छ । यसरी खुरुखुरु नागरिकता दिने हो भने ३ करोड नेपाली ६ करोड हुन कुनै समय लाग्दैन ।’
उनले भनिन उक्त विधेयकबाट सहजै भारतीय नागरिकले नेपाली नागरिकता पाउने हो भने भोलि देशको कार्यकारी पदमा अरू कुनै देशको नागरिक पुग्न समय लाग्दैन । यो सोच्नुपर्ने विषय हो ।’
पार्टीलाई अब छैठौ वा सातौ हुने छुट नभएको भन्दै राप्रपाका पुर्ब अध्यक्ष पशुपति शमशेर राणाले कार्यक्रममा भने ‘आजको आवश्यकता भनेको राप्रपा हो भन्ने जनताले बुझिसकेका छन् । जनता झुक्क्याउने, झुट बोल्नेहरूको अब दिन सकिए ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य पोख्रेलले उम्मेदवारीका लागि इच्छा देखाएको गरेकोमा खुसी व्यक्त गर्दै भने ‘म एकदमै खुसी छु कुनै बेला उम्मेदवार नपाएर हैरान हुन्थ्यो । अब खुलेर म उम्मेदवार बन्छु भन्नेहरूको संख्या बढेको छ । पार्टीको नीति, आन्तरिक छलफल, अन्य कमिटीहरूको सिफारिस सबै हेरेर उम्मेदवार निश्चित गर्नेछौँ ।

