भुवन केसीकाे नियुक्तिबारे बुझ्न सर्वोच्चले दुवै पक्षलाई बोलायो

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग गरेको छ ।

सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए ।अध्यक्ष पदका लागि १० जना आका‌ंक्षी थिए । १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको थियो । 

पछिल्लो समय कांग्रेसमा प्रवेश गरेपछि सरकारले उनलाई बोर्डमा नियुक्ति गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि भदौ २ गते बिहीबार दुबै पक्षलाई बोलाएको छ ।