भट्टराई र गौतम पनि माओवादीकै चुनाव चिह्नबाट लड्ने

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । 

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले संयुक्तरुपमा चुनाव लड्ने विषयकाे प्रस्ताव स्वीकृत गरेकाे प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे छलफल गर्न बाँकी रहेको महराले बताए । उनले दुवै जनाको उम्मेदवारीबारेमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने जानकारी दिए । माओवादी स्थायी समितिको बैठक बुधबार बिहान फेरि बस्ने भएको छ ।

माओवादी केन्द्रका नेता र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू मंगलबार निर्वाचन आयोग गएका छन् । दुवै पार्टी एउटै चुनाव चिह्नबाट निर्वाचनमा जाने जानकारी गराएका छन् ।प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गतेका लागि घोषणा गरिएको छ ।