पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

NewsBankNepal News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पताल भर्ना गरिएकाे हाे।

पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न गत २४ साउनमा अष्ट्रेलिया गएकी थिइन्। उनी मंगलबार मात्र अष्ट्रेलियाबाट नेपाल फर्केकी थिइन्।