डा. सुनिल पौडेल
स्पार्क हेल्थ रिसोर्ट, सतुङ्गल काठमाण्डौ
स्वास्थ्य र वेलनेस (Health and WellNess)
स्वास्थ्य वास्तवमा मानिसको लागि आशीर्वाद हो । स्वास्थ्य छैन त केही पनि छैन । विनास्वास्थ्यको जीवनमा कुनै पनि आनन्दको महत्व हुँदैन । राम्रो स्वास्थ्यले हामीलाई जीवनमा चाहेको पु¥याउन मद्दत गर्छ । जिउने, रमाउने भनेको स्वास्थ्य भएमात्र हो । जीवनमा आइपर्ने समस्या र संघर्ष स्वास्थ्य भएमा सजिलै पार गर्न सकिन्छ । जो जस्तो भए पनि स्वास्थ्य नभए उसको जीवन पृथ्वीमाथि नै बोझसरि भएको हुन्छ । स्वास्थ्य नै नभए कसरी काम गर्ने ? कसरी जीवनको स्वाद चाख्ने ? एक योगीदेखि एक व्यापारी र एक सर्जनदेखि राजनीतिज्ञ सबैको निम्ति स्वास्थ्यको उत्ति नै महत्व छ । स्वास्थ्य’ तथा ‘वेलनेस’ शब्द सानो र सरल देखिए तापनि यिनको अर्थ भने विशाल र अचम्मको छ ।
ड्ड ‘स्वास्थ्य’ तथा ‘वेलनेस’ भनेको सम्पूर्ण मानव बनाउने तत्वहरु र शक्तिहरुको राम्रो सामञ्जस्य हो । यसमा अलिकति तलमाथि भयो कि स्वास्थ्य डग्मगायो । बदलिंदो वातावरण सँग मिलेर बस्न सक्नु स्वास्थ्यको प्रथम लक्षण हो । बदलिंदो वातावरणका साथै, जे जस्तो अवस्थामा पनि शारीरिक, मानसिक, आध्यात्मिक रुपमा सन्तुलित हुनु नै स्वस्थता हो ।
ड्ड स्वास्थ्यको अर्को कुनै विकल्प नै छैन । स्वास्थ्य धन, शक्ति, इज्जत, प्रतिष्ठा, ज्ञान र सुरक्षाभन्दा पनि माथि हुन्छ । स्वास्थ्य भए यी सबै वस्तुहरु आर्जन गर्न सकिन्छ ।
ड्ड ‘स्वास्थ्य’ तथा ‘वेलनेस’ कुनै स्थिर वस्तु होइन, न त कुनै लक्ष्य नै हो । स्वास्थ्य भनेको त एउटा यात्रा हो ।
रोग नलाग्नु भनेको मात्रै स्वास्थ्य होइन । शारीरिक रुपमा स्वस्थ हुनु मात्र पूरा अर्थमा स्वस्थ हुनु होइन । विश्व स्वास्थ्य संगठन अनुसार स्वास्थ्य भनेको रोगबाट मुक्त हुनु मात्र नभई पूर्णतया शारीरिक, मानसिक र सामाजिक स्वस्थताको स्थिति पैदा हुनु हो । त्यति मात्रै नभई हामीले सन्तुलित, सृजनशील र उत्पादनशील जीवन जिउन सक्नुपर्दछ । यो वास्तवमा स्वास्थ्यको नभई वेलनेसको परिभाषा हो । वेलनेस भनेको सम्पूर्ण रुपमा स्वस्थ हुनु हो वा सम्पूर्ण स्वास्थ्यको बाटोमा हिंड्नु हो । आज आएर वेलनेसमा स्वास्थ्यका अन्य आयाम र मापदण्डहरु पनि प्रस्तुत भएका छन् जस्तै ः भावनात्मक स्वास्थ्य, नैतिक स्वास्थ्य, बौद्धिक स्वास्थ्य, पेशागत स्वास्थ्य, वातावरणीय स्वास्थ्य, व्यावसायिक स्वास्थ्य र आध्यात्मिक स्वास्थ्य । आजको एक्काइसौं शताब्दीमा पूर्ण स्वस्थ हुनको निम्ति हामी यी सबै आयाम र मापदण्डअनुसार स्वस्थ हुनुपर्छ वा यसको निम्ति अग्रसर हुनुपर्छ भन्ने आवाज उठिरहेको छ, यो नै वेलनेस हो । त्यति मात्र नभई वेलनेस भनेको तपाईले स्वतन्त्र रुपमा उत्साहित तथा जाँगरिलो अनुभव गरेको, राम्रो देखिएको, राम्रो अनुभव गरेको, सकारात्मक भएको, फिट भएको, उत्पादनशील तथा खुशी र आनन्दित भई बाँचेको तथा तपाईंको जीवन नै सन्तुलित भएको अनुभव गरेको अवस्था हो ।
वेलनेसलाई हामी अति उत्तम (सकारात्मक) स्वास्थ्य ( Positive Health) भनेर जान्न सक्दछौं । यसमा तपाईंले रोगहरुलाई पर त राख्नुहुन्छ नै साथसाथै तपाईंले आफ्नो जीवनमा अझै बढी वर्षहरु मात्र थप्ने होइन कि ती वर्षहरुमा अझै बढी जीवन्तता थप्न सक्नु नै यसको सही अर्थ हो ।
ड्ड कुनै पनि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रुपले स्वस्थ व्यक्ति यदि वरिपरिको वातावरणसँग सन्तुलन र सामञ्जस्यमा रही गुणस्तरीय जीवन जिउन सक्छ तथा सामाजिक र आर्थिक रुपमा पनि उत्पादक जीवन जिउन सक्छ भने यसलाई अति उत्तम अर्थात् सकारात्मक स्वास्थ्य भनिन्छ र यो नै वेलनेस हो ।
ड्ड सकारात्मक स्वास्थ्य पाउनको निम्ति कारक तत्वहरु ः
१. वंशाणुगत रुपले राम्रो शरीर र मन
२. उचित भौतिक, जैविक र मनोसामाजिक वातावरण
३. उचित पोषण र खाना
४. उचित शिक्षा
५. उचित आर्थिक अवस्था तथा
६. प्रतिरक्षात्मक, प्रवर्धनात्मक तथा पुनस्र्थापनात्मक स्वास्थ्य सेवाको राम्ररी उपभोग गर्न पाउने अवस्था
७. सरसफाई र स्वस्थ वातावरण
८. राम्रा र स्वस्थकर बानीहरु तथा जीवनशैली
९. तनाव–व्यवस्थापन तथा विश्राम
१०. नियमित व्यायाम र श्रम
११. कुलतबाट मुक्ति
१२. नियमित स्वास्थ्य जाँच
१३. अन्य
वेलनेस भनेको सम्पूर्ण रुपमा स्वस्थ रहनु मात्र नभई आफ्नो स्वास्थ्यको जिम्मा आफैले लिनु हो । यो तपाईलाई अरु कसैले दिने होइन बरू तपाई आफै यसको निम्ति अग्रसर हुनुपर्दछ । हामीलाई यस कुराको बोध हुनै पर्दछ । जबसम्म स्वास्थ्यको महत्व र यो कुराको बोध हुन सक्दैन तबसम्म स्वास्थ्य टाढैको कुरो रहन्छ । आजको विडम्बना यो छ कि डाक्टरहरुलाई समेत स्वास्थ्यको बारेमा थाहा छैन । रोगको ज्ञान र उपचारमा उनीहरु अब्बल भए पनि स्वास्थ्य कसरी प्राप्त गर्ने भन्ने विषयमा उनीहरुलाई कमै ज्ञान छ । त्यसैले आउनुहोस् चेतनशील, दूरदर्शी र अग्रगामी बनौं र आजै यसको बाटोमा हिडौं ।
क्रमश …….
लेखक DrSunil Paudelसँग ह्वाटस्अप र भाइबरमा पनि परामर्स लिन सकिन्छ ९८४१३३३००९

