रहेनन् समाजबादी चिन्तक प्रदीप गिरी, आजै अन्त्यष्टी गरिने

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका नेता एबँ प्रतिनिधी सभाका साँसद प्रदीप गिरिको आज अपरान्ह् अन्त्येष्टि गरिँदैछ । हिजो राति साँढे ९ बजे ७५ वर्षको उमेरमा उपचारकै क्रममा मेडसिटी अस्पतालमा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिन लागेको हो ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जारी गरेको बिज्ञप्ती अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए । घाँटीको क्यान्सर भएपछि भारत गएर शल्यक्रिया गरेका गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनलाई निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थियो ।