काठमाण्डौ उपत्यकामा सामान्य रुपमा सवारी साधन सञ्चालन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज आह्वान गरेकाे नेपाल बन्दकाे काठमाडौं उपत्यकामा खासै प्रभाव नपरेको प्रहरीले जनाएकाे छ । 

काठमाण्डौ उपत्यकामा अहिले सामान्य रुपमा सवारी साधन सञ्चालन भइरहेका छन् ।बिहान केही कम सवारी साधन चले पनि अहिले सडकमा सवारी साधनहरुको संख्या अन्य दिनमा जस्तै भएकाे ट्राफिक प्रहरीले जनाएको छ ।सडकमा प्रहरीको उपस्थित बाक्लो छ ।

बन्द अाह्वान कर्ताहरूले थापागाउँमा नेपाल यातायातको बस, कोटेश्वरको भाटभटेनी नजिक माइक्रो बस र बा ४ ख ९३९४ नम्बरको बसमा ढुंगा प्रहार गरी क्षति पु¥याएका छन् । ठूला क्षति नभए पनि ढुंगा प्रहारबाट गाडीका सिसा फुटेका छन् ।

उता,दाङमा बिहानै टिपरमा आगजनी भएको छ ।घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । बन्द गराउँदै हिँडेका केहीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको  बन्दलाई अरु साना तीन दलले पनि समर्थन गरेका छन् ।