जनकपुर गुठीका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

तत्कालीन कार्यालय प्रमुख बास्ताकोटीसहित चार जनाविरुद्ध २९ करोड ८० लाख ८१ हजार ४३७ रुपियाँ बिगो कायम गर्दै विशेष अदालत, काठमाडौंमा बिहीबार मुद्दा दायर  गरिएकाे अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोगले धनुषाको रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको आरोपमा विशेष अदालतमा तत्कालीन कार्यालय प्रमुख बास्ताकोटी, नायब सुब्बा यमुनाप्रसाद पञ्जियार, सहयोगीका रुपमा खटिएका कुमार खड्ग विक्रम शाह र मालपोत कार्यालय, धनुषाका तत्कालीन खरिदार जगदेव कामतीविरुद्ध मुद्दा गर्दै उनीहरुविरुद्ध भ्रष्टाचार ऐन अनुसार जरिवाना र कैद सजायको माग गरेको छ।