गोकर्णमा भक्तजनजनको घुँइचो, सुन्दरीजलजाने सवारीसाधन भद्रवासबाट

Dipak Pudasaini MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , २ वर्ष अगाडि

काठमाण्डौ ११ भाद्र । हरेकबर्ष भद्रकृष्ण अष्टमीकादिनलाई नेपाली हिन्दु परम्परा अनुसार बुबाको मुख हेर्ने दिन अर्थात आज कुसे औशीको रुपमा मनाइने परम्परा छ । ।
आज बुबा हुनेहरुले मिठो–मिठो खानेकुराहरु खुवाएर, बुबालाई सम्मान प्रकट गर्ने र खुशी साट्दै कुशे औंसी मनाउने गर्दन भने बुबा नहुनेहरुले काठमाण्डौको उत्तरपुर्बमा अबस्थित गोकर्णेश्वरमा गएर दिवंगत पिताको सम्झनामा पिण्डदान तथा तर्पण दिने, ब्राह्मणहरु बोलाएर सिदा दिने, भोजन गराउने प्रचलन छ । उत्तरगयाका नामले समेत सुपरिचित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख गरिएको छ ।

आजको दिन काठमाडौंमा पशुपती, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।

पशुपति, गौरीघाट, देवघाट लगायतका तिर्थस्थलहरुमा पनि भक्तजनहरुको भीड रहेको छ । आज वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले व्राह्मण, पुरोहितले ल्याएको कुश घर–घरमा भित्राउने र उक्त कुश, देव तथा पितृकार्यमा वर्षभर प्रयोग गर्ने गर्दछन
गोकर्णेश्वरमा भक्तजनको अत्याधिक भिड बढेपछी ट्राफिक प्रहरीले सवारी साधनहरु डाइभर्ट गर्न थालेका छन । महानगरिय ट्राफिक प्रहरी प्रभागका अनुसार बिहानैदेखि चुच्चेपाटीबाट महाँकाल आरुवारी हुदै गोकर्ण जाने मार्गमा ठुल्ला सवारी साधनहरु निषेध गरिएको छ ।

जोरपाटी र नारायाणटार पुलबाट गोकर्ण जाने मार्गमा ७.४५ बजेसम्म साना सवारी चल्न दिइएकोमा भिडभाड बढेपछि साना सवारीसाधन पनि डाइभर्सन सुरु गरिएको छ । त्यस्तै सुन्दरीजल उत्तरतर्फबाट आउने सवारीसाधनलाई गोकर्णेश्वर देखि २ सय मिटर उत्तरतर्फ माईती नेपाल चोकको माईक्रो पार्क सम्म आउन दिएको र त्यहीबाट घुमेर फर्काउनु पर्ने ब्यबस्था गरेको छ । जोरपाटी सुन्दरी जल वैकल्पिक मार्गको लागि जोरपाटी,दक्षिण ढोका, डाँछी, भद्रवास, बिपीचोकहुदै सुन्दरीजल आउने जाने ब्यबस्था मिलाएको बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।