काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गैरकानुनी कार्य रोक्न आफूले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् ।
महानगरपालिकाभित्रका अनधिकृत संरचनामा डोजर चलाउनु प्रक्रियागत र न्यायिक निरुपन नभएको भन्ने अावाज उठिरहेकाे बेलामा मेयर साहले विज्ञप्ति मार्फत कार्यकारिणी अधिकार प्रयोग गरेर काम गरेको प्रष्टयाएका छन् ।
मेयर शाहले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृत निर्माण गर्नेहरूविरुद्ध न्यायिक निरुपण गरी दण्डित गर्ने विकल्प रहेको रहेकाे बताउँदै अब मिचाहा वर्गलाई कानुन मिचिरहन र अझ मोटाइरहन दिने छैनौं भने।
महानगरभित्र बनाइएका अनधिकृत संरचना हटाउने अभियानबारे आइतबार थप स्पष्टीकरण दिँदै उनले आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृतिबिना निर्माण कार्य गर्न नपाउने बताएका हुन् ।
महानगरसँग कार्यकारिणी अधिकार हुँदाहुँदै पनि प्रयोग नगरी मूकदर्शक भएर बस्न नहुने उनको भनाइ छ । यही प्रवृत्तिले नै दण्डहीनता मौलाएको र भयावह समस्या उत्पन्न भएको मेयर शाहले बताएका छन् । उनले अगाडि भनेका छन्, ‘आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुँदैन भन्ने हाम्रो दृढ मान्यता छ ।
क्सा स्वीकृत गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङका रूपमा देखाएर अन्य व्यापारिक प्रयोजनमा लगाउनु स्वत: गैरकानुनी भएको पनि मेयर शाहको भनाइ छ । उनले भनेका छन्, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुइँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानुनी छ ।