राष्ट्रिय सभाले नागरिकता विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठायाे

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय सभाले नागरिकता विधेयक पुनर्बिचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रपतिले पुनर्बिचारका लागि फिर्ता पठाएको सन्देशसहितकाे विद्येयक प्रतिनिधिसभाले हुबहु पारित गरेर राष्ट्रिय सभामा पठाएको थियाे ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्काे बैठक भदौ १६ गते अपराह्न २ः५९ बजे बस्नेछ ।

यसैबीच, नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आह्वान भएको छ । समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रका अनुसार सोमबार मध्यान्न १२ बजेका लागि बैठक बाेलाएका हुन् । १६ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठकमा प्रतिवेदन पठाउने तयारीका साथ छलफल हुने मिश्रले बताए ।