साहित्यकार शर्माको शालिक गुम्बा डाँडामा

Dipak Pudasaini News/समाचार , Politics/राजनीति , प्रदेश , साहित्य , २ वर्ष अगाडि

हेटौडा १८ भाद्र । आन्तरिक पर्यटनको आकर्षणको केन्द्र बन्दै गैरहेको हेटौंडा १८ स्थित गुम्बाडाँडा परिसरमा निर्मित श्यामप्रसाद शर्मा स्मृति पार्कको शुक्रबार एक समारोह बीच उद्घाटन सम्पन्न भएको छ । पार्कमा स्थापना गरिएको साहित्यकार श्यामप्रसाद शर्माको अर्धकदको सालिक बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले अनावरण गरेका हुन् ।

सालिक अनावरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले साहित्य, पत्रकारितासंगै राजनीतिक क्षेत्रबाट समाज परिबर्तनमा शर्माले पुराउनु भएको योगदानको चर्चा गरे । श्यामप्रसाद स्मृति प्रतिष्ठानका उपाध्यक्ष इन्द्र नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य मुनु सिग्देल, श्री ज्योति माध्यामिक विद्यालय सञ्चालक समितिका अध्यक्ष हर्क रम्तेल, नेकपा एकीकृत समाज पार्टी मकवानपुरका अध्यक्ष सूर्यचन्द न्यौपाने, युवा श्रष्टा छवि अनित्य लगायतका बक्ताहरुले शर्माले नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा पुराउनुभएको योगदानको बारेमा चर्चा गरेका थिए ।