उपमहासचिव पद अस्वीकार गरेका शर्माले भने , ‘म संगठन विभाग प्रमुख हुँ’

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं ,२२ भदौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले उपमहासचिव पद अस्वीकार गरेका छन् ।

बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बाेल्दै शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् । सुरूवात देखिनै महासचिवमा दावेदारी गर्दै अाएका शर्मालाइ प्रचण्डले उपमहासचिव बनाएर देव गुरूङलाइ महासचिव बनाएपछि उनी असन्तुष्ट देखिन्थे ।

 प्रचण्डले शर्मासहित गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेका थिए । त्यो निर्णयमा शर्माले फरक मत राखेका थिए ।

उक्त कार्यक्रममा शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक पनि रहेको र सबै भन्दा ठूलो रक्षक भएको बताएका थिए । उनले यसाे भनिरहँदा प्रचण्डले तत्कालै जर्नादनलाई जवाफ दिइहाले उनकाे रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका छ । ‘प्रचण्ड’ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताएका छन् ।