कागेश्वरी मनोहरामा डेङ्गी नियन्त्रणका लागि र्यापिड टिम तयार, भोलीदेखी वडा-वडामा खट्टिने ।

Dipak Pudasaini Banner Headline with Image , Education , MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , स्वास्थ्य , २ वर्ष अगाडि

काठमाण्डौ, २३ भाद्र । काठमाण्डौ लगायत देशका अधिकाँस स्थानमा डेङ्गीरोग फैलँदै गएपछी त्यसको रोकथामका उपायहरुबारे प्रचार प्रसार शुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले जिल्ला शाखा काठमाण्डौको सहयोगमा भोलिदेखी डेङ्गी नियन्त्रणका लागी प्रचारत्मक अभियान सन्चालन गर्नकालागी स्वयँसेबको र्यापिड टिम तयार गरेको छ । प्रचार प्रसारमा नगरपालिकाको स्वास्थ शाखाको समेत सहभागीता रहने र पहिलो चरणमा यो कार्यक्रम ९ वटै वडामा ८ दिन सम्म चल्ने नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरामा उपशाखाका सभापती बासुदेब पौडेललले बताउनु भयो ।


यसैबिच देशका विभिन्न ठाउँमा डेङ्गीको सङ्क्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र पालिका तहसँग समन्वय गरिरहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश र पालिका सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरी काम थालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले बताए ।
अभियान सञ्चालन गर्दा पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, ड्रम, गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लाष्टिकको बोतल तथा भाँडा, पानी जम्ने गरी राखिएको भाँडा आदिमा एडिएच जातको लामखुट्टेको लार्भा तथा अण्डा पाइने हुँदा जमेको पानी फाल्नका लागी नागरिकलाई सचेत गराउनु पर्ने डाक्टरहरुको सुझाव छ ।