डेङ्गी नियन्त्रणका लागि कागेश्वरी मनोहरामा टोलै पिच्छे र्याली र सचेतना अभियान तिब्र

Dipak Pudasaini MainNews/प्रमुख समाचार , News/समाचार , प्रदेश , स्वास्थ्य , २ वर्ष अगाडि

काठमाण्डौ, २५ भदौ । महामारीको रुप लिने अबस्था बढ्दै गएपछी कागेश्वरी मनोहरा नगर पालिकाको हरेक वडाको टोल टोलमा जनचेतना जगाउन र्यालीहरु भइरहेका छन ।

डेङ्गीरोगका लक्षण र बच्ने उपायहरु सँम्बन्धि सचेतना मुलक पोष्टर टाँस्दै कागेश्वरी मनोहरा नगर पालिकाको उप- प्रमुख शान्ता थापा

नगरपालिकाकी उप प्रमुख शान्ता थापाले हिजो नगरपालिकाको वडा नँ ९ मा डेङ्गी लाग्न सक्ने अबस्था तथा बच्न अबलम्बन गर्नुपर्ने उपाय सम्बन्धि पम्प्लेट टाँसेर जनचेतना अभियान आरम्भ भएको थियो । वडा अध्यक्ष सहितका जन प्रतिनिधी, स्वास्थ स्वयँसेबिकाहरु, नगर प्रहरी, जनपथ प्रहरी तथा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको उल्लेख्य सहभागिता रहेको जनचेतना र्याली हिजो नगरपालिकाको वडा नँ ७, ८ र ९ मा सँम्पन्न भएको थियो भने आज ४, ५ ,६ नँ वडामा सँम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका सभापति बासुदेब पौडेलका अनुसार भोलि यो अभियान नगरपालिकाको वडा नँ १ २ ३ मा सन्चालन हुनेछ ।


रेडक्रस काठमाण्डौ शाखाका कार्यसमिती सदस्य लक्ष्मी प्रसाद कुँइकेलका अनुसार नगरपालिका सँगको सँयुक्त कार्यक्रम भोलि सम्म भएपनि रेडक्रयको यो अभियान थप केहिदिन निरन्तर रहने छ ।

डेङ्गीरोगका लक्षण र बच्ने उपायहरु
एक्कासि उच्च ज्वरो आउने, मांसपेशी, टाउको तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वा बान्ता हुने, जस्ता लक्षणहरू देखिएमा डेङ्गी रोगको संक्रमण हुनसक्छ ।
डेँगी रोग लाग्नबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाईबाट बच्नु हो ।
त्यसैले झुलभित्र मात्र सुत्ने गरौं, लामखुट्टे धपाउने धुप, वा लिक्विडको प्रयोग गरौँ ।
पूरा बाहुला भएको शरीर ढाक्ने लुगा लगाऔं ।
आफ्नो घर, कार्यालय वा सार्वजनिक स्थल वरपरका खाल्डाखुल्डीमा पानी जम्न नदिऔं साथै पानी भरीएका टायर, भाँडाकुँडा, प्लास्टिकका बोत्तल, फूलदानी छन भने तुरुन्त पानी पोखौं र पानी जम्न नदिऔं ।


रक्तदानमा २९ प्रिन्ट रगत सँकलन
यसैबिच अस्पतालहरुमा डेङ्गीका बिरामीको चाप बढेसँगै रगतको अभाब हुन थालेपछी नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले नमूना टोल सुधार समिती सँगको सहकार्यमा आज काठेभैरब मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्यो ।

वडा नँ ४ का वडा अध्यक्ष बिजय श्रेष्ठ (धन) को प्रमुख आतिथ्यमा सँम्पन्न रक्तदान कार्यक्रबाट २९ प्रिन्ट रगत सँकलन भएको नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाका बिपद् ब्यबस्थापन सँयोजक सहदेब के.सी.ले जानकारी दिनुभयो ।