काठमाडाैं । मिटरब्याज पीडितहरुमाथि प्रहरीले कीर्तिपुरमा बल प्रयोग गरेको छ । सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका उनीहरुमाथि प्रहरीले लाठी प्रहार गरेकाे हाे ।प्रहरीको कुटाईबाट ४–५ किसान तथा युवाहरु घाइते भएका छन् ।
कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु ४१ दिनदेखि कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए । प्रहरीले करिब २० प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएर गएको छ । प्रहरीले उनीहरूमाथि बलप्रयोग गरी घेराबन्दीमा राखेपनि न्यायको माग गर्दै नाराबाजी गर्न छाडेका छैनन् ।

