डेंगु नियन्त्रणलाई सरकारले प्राथमिकता दिन सकेन : गगन थापा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगु नियन्त्रणलाई सरकारले प्राथमिकता दिन नसकेकाे बताएका छन् । महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले कोरोना महामारीबाट सिकेर सरकारले आवश्यक तयारी नगरेकोमा असन्तुष्टि व्यक्त गरे ।

कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरूको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो ।स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरे ।

काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीनवटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए ।