वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन्। 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आज (मंगलवार)बाट निजी प्रयोजनका लागि भारत भ्रमणमा निस्किने कार्यक्रम रहेका कारण हरिकृष्ण कार्कीले स्वत: कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका हुन् ।

उनी स्वदेश फर्केर अाउने समयमा अवकाश भइसक्ने हुँदा केहीदिन अघि नै उनकाे विधाइ गरिएकाे थियाे । कार्की प्रधानन्यायाधीश नबनी १६ असोजबाट अवकाश पाउँदैछन् । जबराको निलम्बनपछि कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।

कामु प्रधानन्यायाधीश कार्की तीर्थाटनका लागि भारत जाने भएपछि अाजदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हालेका हुन् ।मंगलबारबाट कामु प्रधानन्यायाधीश कार्की तीर्थाटनका लागि भारत निस्केका छन् ।