६ देशमा शाखा बिस्तार गर्दै क्लब हिमालय टाईगरको चौथो साधारण सभा सँम्पन्न

Dipak Pudasaini Latest Update , News/समाचार , प्रदेश , प्रवास , २ वर्ष अगाडि

झापा, ११ असोज । ६ देशमा शाखा बिस्तार गर्दै क्लब हिमालयन टाइगरको चौथो साधारण सभा दमकमा सम्पन्न भएको छ । क्लबले इजरायल, अमेरिका, युएई,बहराईन, अष्ट्रेलीया, तथा कतारमा समन्वय समितिका सँयोजक मनोनित गर्दै शाखा बिस्तार गरेको हो । जस अनुसार इजरायलमा खेमराज जमरकट्टेल, युएईमा छितिज पौड्याल, अमेरिकामा नारायण कुमार श्रेष्ठ, बहराईनमा मिलन श्रेष्ठ, अस्ट्रेलियामा दिल बहादुर थापा, तथा कतार समन्वय समितिको संयोजकमा प्रेम कुमार उप्रेतीलाई चयन गरेको छ ।


दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले देशभित्र पनि थप ४ शाखाहरु विस्तार गरेको छ । जस अनुसार कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भिम प्रसाद कडरिया, शिवसताक्षी नगपालिकाको संयोजकमा दीपक सुवेदीलाई चयन रेको छ भने दिपक खड्काको नेतृत्वमा दमक शाखाले पुर्णता पाएको छ । जसमा उपाध्यक्ष मेघनाथ फुयाल, महिला उपाध्यक्ष अनु भण्डारी ,सचीवमा तिर्थ राज राई, सहसचिव सबिना साङ्पाङ, कोषाध्यक्ष राजु अधिकारि र सदस्यहरुमा खगेन्द्र गुरागाँइ, दिवस खतिवडा , डिल्ली मिश्र, आशिष् पौडेल, सन्तोस कार्की, सानुकुमार चौधरी, बिनोद अधिकारी र कोसिस सिवाकोटी छन ।
देश र समाजप्रतिको जिम्मेवारी पुरागर्ने सामुहिक प्रयास स्वरुप बैदेशिक रोजगारीबाट फर्केका युवाहरुले २०७६ मा स्थापना गरेको क्लब हिमालय टाईगरले चौथो साधारण सभाको अबसरमा क्लबलाई विशेष योगदान दिएका वेनु प्रसाद चुडाल, १ सय २१ पटक रत्तदान गर्ने राज कुमार श्रेष्ठ र ३० पटक भन्दा बढी रत्तदान गर्ने भगवती श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रले विशेष सम्मान गरेको थियो । कार्यक्रममा संस्थाका संस्थापक सदस्य, आजीवन सदस्य, विभिन्न शाखाका कार्यसमिती सदस्यहरुलाई प्रमुख अतिथी थापाले प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रमलाई सँबोधन गर्दै प्रमुख अतिथी थापाले क्लबको माध्यमबाट युवाहरुले समाज रुपान्तरणमा खेलेको भुमिकाको सम्मान गरेका थिए । साथै नगर प्रमुख थापाल आगामी दिनमा नगरपालिकाले क्लबसँगको सहकार्यमा काम गर्ने बचनबध्धता समेत जनाएका थिए । थापाले भने ‘युवाहरुको सामाजिक काम प्रतिको यो उत्साह देखेर म अत्यन्तै प्रफुल्लीत भएको छु ।’


सँस्थाले बाढी पिडितलाई सहयोग, विपन्न बर्गलाई खाद्यान्य र न्यानो कपडा वितरण, कोरोनाको समयमा माक्स, खाद्यान्य वितरण, अवाश्यकताको आधारमा रगतको ब्यावस्थापन, सरसफाई कार्याक्रम, शान्ति सुरक्षा सम्बन्धी चेतना मुलक कार्याक्रम, स्कुलहरुमा व्याग र स्टेशनरी वितरण लगायत समाजमा भैपरि आउने विभिन्न समस्याहरुको तत्काल समाधान र उद्दारको कामगरी रहेको बताउँदै क्लबका अध्यक्ष रेवत चन्द्र भण्डारीले आगामी १० बर्षमा १ लाख सदस्य बनाएर संस्थालाई विश्वव्यापी बनाउने अभियान रहेको जानकारी दिएका थिए ।