काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्रको पदाधिकारीको बैठकले साे निर्णय गरेको हो ।
पदाधिकारी बैठककाे निर्णय अनुसार अध्यक्ष दाहाल गोरखा २ बाट उम्मेदवार बन्ने छन् । चितवन–३ मा जित्ने निश्चित नभएपछि प्रचण्ड गाेरखातिर सरेका हुन् । नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिनु र प्रचण्डविरुद्ध एमाले, राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत लागेका कारण प्रचण्ड गृहजिल्ला छाडेर जित सुनिश्चित हुने ठाउँ खाेज्दै गाेरखा पुगेका हुन् ।
प्रचण्ड २०७४ को निर्वाचनमा चितवन ३ बाट निर्वाचित भएका थिए । त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

