एमाले र जसपाबीच चुनावी तालमेल गर्ने सहमति

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच १४ जिल्लामा चुनावी तालमेल गर्ने सहमति भएको छ। 

 सहमति अनुसार‚ प्रदेश १ का दुईल मोरङ र सुनसरी‚ मधेश प्रदेशका आठ जिल्ला‚ लुम्बिनी प्रदेशका नवलपरासी पश्चिम‚ रुपन्देही र कपिलवस्तु साथै सुदूरपश्चिम प्रदेशको कैलालीमा चुनावी तालमेल हुने छ।

सहमति अनुसार‚ प्रतिनिधि सभामा एमालेले ३५  र जसपाले १७ र प्रदेश सभामा एमालेले ७० र जसपाले ४२ सीट लिने सहमति भएको छ। सहमति भएका जिल्ला बाहेकमा भने दुवै पार्टीले उम्मेदवारी दिन सक्ने छन्।

सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। प्रत्यक्ष तर्फ भाेलि मनाेनयन गर्ने कार्यसूची रहेकाे छ ।