घनश्याम भुसालले एमाले छाडे,भीम रावल साेचविचार गर्दै

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा नरहने घोषणा गरेका छन् । केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताको कारणले पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै उनले पार्टीमा नरहने बताएका हुन् ।

४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाए पनि नीति र विधिको पुनर्स्थापना हुने सम्भावना नदेखेकाले पार्टी परित्याग गरेको भूसालको भनाइ छ ।

यसैबीच,ओली टिकट नदिएका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको निर्णयबारे गहन अध्ययनमा रहेको बताएका छन् ।रावलले टिकट नपाएको भन्दै एमालेको अछाम-१ का क्षेत्रीय संयोजक प्रकाश शाह र ठूलो संख्याका जिल्ला नेताहरुले एमाले छोडेको घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका थिए ।

ओलीले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाएका छन् । एमालेभित्र ओलीकाे कट्टर अालाेचकका रूपमा चिनिएका दुबै नेतालाइ टिकट नदिएर पार्टी छाड्न बाध्य पार्ने अवस्था सिर्जना गरेकाे नेताहरूले बताएका छन् ।