प्रत्यक्षतर्फकाे निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनका लागि देशभर एकसाथ उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय दिएको थियो । उम्मेदवार आफैं वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको थियो ।

प्रमुख दलका नेताहरुमध्ये प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वारेसमार्फत डडेलधुराबाट मनोनयन दर्ता गराए ।एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा २, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट २, जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्न नेताहरू कार्यकर्ता लिएर बाजागाजासहित पुगेका थिए ।

आगामी निर्वाचनमा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको गठबन्धन हुँदा एमालेले पनि जसपा, राप्रपा नेपाल, राप्रपा नेपाल लगायतका दलसँग केही सिटमा गठबन्धन गरेको छ ।