ओलीलाई भीम रावलकाे प्रश्न- ‘संदिग्ध’ प्रभुलाई कसले पाल्यो?

NewsBankNepal Banner Headline with Image , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले प्रभु साह प्रकरणमा पार्टी नेतृत्वको आलोचना गरेका छन् । रावलले सोमबार ट्वीटमार्फत् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘संदिग्ध’ नेता प्रभु साहलाई कसले पालेको भनी प्रश्न गरेका छन् ।

ओलीले एमाले नेता साहलाई ‘केही समय अघिदेखि नै संदिग्ध गतिविधि गरिरहेको’ भन्ने टिप्पणी गरेपछि रावलले प्रश्न गरेका हुन् ।

 ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिबिरंगी सर्प’ किन हुर्काइँदैछ भनि स्पष्ट गर्न रावलले आग्रह गरे ?’साहले रौतहट- ३ मा एमालेको टिकट खल्तीमा राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । 

रावलले लेखेका छन्, ‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो ।हरियो सर्प,’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौँ ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’