पाेखरा । मनाङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका दिपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् ।मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्वाचित भएका हुन् ।
मनाङे २०७४ मा पनि एमालेको समर्थनमा स्वतन्त्र निर्वाचित भएका थिए ।गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री छन्।गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका मनाङे गण्डकी प्रदेश सरकार बनाउने र ढलाउने खेलमा निर्णायक हुँदै अाएका छन् ।

