सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतले असोज २० गतेबाट गणना हुने गरी सात दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप पाँच दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

अधिवक्ता सरोज घिमिरेले अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप सात दिनको समय माग गरे पनि अदालतले आज (बिहीबार) थप पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको बताए।

अधिवक्ता घिमिरेले अदालतले बयान लिने क्रम आधा सकिसकेको भन्दै असोज ३१ गतेसम्म अनुसन्धान सक्नेमा विश्वस्त रहेको बताए ।१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।