भीम रावलले भने, ‘पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्छु’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाें । नेकपा एमालेका नेता भीम रावलले आफूले चुनावमा टिकट नपाएकै भरमा पार्टी नछोड्ने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने र पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे ।

आफूले राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले  टिकट नदिएको बताए ।पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए ।

पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको र १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेकाे आरोप पनि लगाए ।