जसपाका ४ मन्त्री जागिर खोसियो, कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी थप

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाण्डौ, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन । जसपाले सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेपछी उक्तपार्टीबाट मन्त्री बनेका चारैजनालाई प्रधानमन्त्रीले आज बर्खास्त गरेका हुन ।


वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई प्रधानमन्त्री देउवाले बर्खास्त गरेका हुन । उनीहरुको जिम्मेवारी प्रधानमन्त्रीेले नै सम्हालेका छन ।
यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा सँन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन ।


कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) को पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाई दिएका हुन । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको छ ।