धनुषा ।मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेका छन् ।
संघीय सरकारले राष्ट्रिय जनता पार्टी(राजपा)का मन्त्रीहरूलाई बिहीबार पदबाट हटाएको भोलिपल्ट मधेसका मुख्यमन्त्री राउतले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेका छन् ।
यादव भौतिक पूर्वाधार तथा यातायात, शर्मा खानेपानी तथा सिञ्चाइ र सिंह महिला, बालबालिका तथा खेलकुद मन्त्री थिए ।मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीलाई पदमुक्त गरे पनि माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई हेरफेर गरेको छैनन् ।