प्रभु साह एमालेबाट निकालिए

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

राैतहट । पार्टीविरोधी गतिविधि गरेको भन्दै प्रभु साहलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको उल्लेख गरेका छन् ।

त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख गरिएको छ । 

एमालेले दिएकाे टिकट खल्तीमा राखेर साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदावरी दिएका थिए। उनीसँगै लागेर जिल्ला इन्चार्ज/सहइन्चार्जले पनि प्रदेेश र प्रतिनिधिसभाकाे उम्मेदवारी दिएपछि एमालेले उनीहरूले हटाएकाे हाे ।

यस्तै,एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ । मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले शुक्रबार एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरु पार्टीविरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताएका छन् ।सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।