काठमाडाैं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकाे समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरू गरेकाे छ । केही दिनअघि मतपत्र छपाइ सम्पन्न गरेकाे आयोगले प्रदेश नं १ र मधेस प्रदेशबाट ढुवानी सुरु गरेको हाे ।
अहिलेसम्म सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रत्यक्ष निर्वाचित प्रणालीका लागि भने मतपत्र छपाइ कार्य भइरहेकाे छ । आजसम्ममा १७ लाख मतपत्र छपाइ सकिएकाे र केहीदिनमा सकिने आयोगले जनाएको छ । उच्च सुरक्षासहित भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द लिमिटेडमा २४ सै घण्टा मतपत्र छपाइ कार्य भइरहेको छ ।समानुपातिक प्रणालीका लागि कूल चार करोड छ लाख पाँच हजार मतपत्रको छपाइ गरिएकाे छ।