झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् ।
झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलबार आफ्नाे निर्वाचन क्षेत्र पुगेका थिए । उनलाई ज्वरो आएको हुँदा औषधि खाएर घरमै आराम गरी रहेकाे एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए
तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए। रासस

