पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान चुनाव लड्न अयोग्य

NewsBankNepal Banner Headline with Image , प्रवास , ३ वर्ष अगाडि

पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न अयोग्य घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार विक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै अयोग्य घोषणा गरेको हो ।

प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खानले सरकारको १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको उपहार दुबईमा बेचेको बताएका थिए ।

यस्तो उपहार खानले सरकार प्रमुखको रुपमा विदेशी राष्ट्रहरूबाट प्राप्त गरेका थिए । खानले आफ्नो वार्षिक सम्पत्ति आयोगमा बुझाउँदा आम्दानीको मुख्य स्रोत नखुलाएको बताइएको छ ।

पाकिस्तानी कानुन अनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ । २०२२ अगस्टमा संसद्‍का सभामुख राज पेरभाइज असरफले निर्वाचन आयोग समक्ष उपहार मामिलामा खानलाई आयोग्य घोषणा गर्न माग गरेका थिए ।