ओलीले काठमाडौंबाट चुनाव लड्न प्रस्ताव गरेको स्वर्णिम वाग्लेको खुलासा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको खुलासा गरेका छन्।

कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा उनले आफूलाई अध्यक्ष ओलीले काठमाडौं–७ बाट उम्मेदवारी दिए एमालेले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन्।

‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइनँ। उनले भने, ‘एमाले अध्यक्ष ओलीले फोन गरेर काठमाडौं–७ बाट उठ्न आग्रह गर्नुभएको थियो।’

आफूले कांग्रेस नछाड्ने वाग्लेले बताए। ‘मलाई पार्टीभित्रै केही गर्न सकिन्छ भन्ने छ। पार्टीभित्रै लडेर अघि बढ्न सकिन्छ भन्ने लाग्छ। वाग्लेलाई कांग्रेसबाट चितवन–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनाइने चर्चा चले पनि अन्तिममा टिकट दिइएन।