काठमाडाैं । यमपञ्चकको तेस्रो दिन आज सोमबार कुकुर पूजा गरिएकाे छ । इमान्दारपूर्वक सुरक्षामा खटिने कुकुरको मीठो खानेकुरा खान दिनुका साथै फूलमाला लगाइदिएर पूजा गरिएको छ ।
कुकुरले घरको सुरक्षामात्रै होइन, प्रहरीलाई अपराध अनुसन्धानमा समेत कुकुरले साथ दिइरहेका छन् ।प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका ९५ कुकुर छन् ।
कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको पूजा गर्ने गर्छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाउने गरिन्छ ।

