काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र पूर्वराजपरिवार सदस्य हिमानी शाहबीच भेट भएकाे छ ।
कतार राजदूतावासले काठमाडौंको सोल्टी होटलमा फिफा विश्वकप २०२२ को सन्दर्भमा आयोजना गरेको भोजमा सरिक हुन पुगेका मेयर शाह र हिमानीबीच भेट भएको हो ।
भेटमा हिमानी शाहले बालेनलाई काठमाडौंको मेयरमा निर्वाचित भएकामा बधाई दिएकी बालेनको सचिवालयले जानकारी दिएको छ ।
बालेन टिमका एक सदस्यका अनुसार हिमानी शाहले अहिले पूर्वराजपरिवारभित्र बालेनले गरेको कामको चर्चा हुने गरेको बताएकी थिइन । उनीहरुबीचमा ३–४ मिनेट कुराकानी अंग्रेजीमा कुराकानी भएकाे थियाे ।

