समानुपातिक सूचीका ५५० जनाको नाम आयोगले बन्दसूचीबाट हट्यो

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाण्डाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ५५० जनाको नाम बन्दसूचीबाट हटाएकाे छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन्। 

समानुपातिकतर्फ दलहरूले आयोगमा पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ जनामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जनासहित ५५० जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको भट्टराईले जानकारी दिए ।

लैंगिक विवरण फरक परेका कारण पनि ३७ जनाको नाम हटेको छ । दलहरुले महिलालाई पुरुष र पुरुषलाई महिला भनी उल्लेख गरेकाले यसरी नाम हटेको हो ।प्रदेशसभामा उम्मेदवार भएपनि सम्बन्धित प्रदेशमा मतदाता सूचीमा नाम नभएका कारण १८ जना सूचीबाट हटेका छन् ।आयोगले मागेको कागजात पेश नगरेकाले थप ६ जनाको नाम बन्दसूचीबाट हटेको छ ।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ”तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरूका सम्बन्धमा परेका दाबी विरोधउपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणाली तर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना कालोसूचीमा रहेका एक जना गरी कुल ५५० जना व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ ।”