सन्दीप लामिछानेविरुद्ध १० देखि १२ वर्षको जेल सजाय मागसहित मुद्दा दर्ता

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा साेमबार  १० देखि १२ वर्षको जेल सजाय मागसहित मुद्दा दर्ता गराएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको हो ।

सरकारी वकिलको कार्यालयका अनुसार लामिछानेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी कसूरमा सजायको मागदाबीसहित अनुसन्धान प्रतिवेदन ल्याएको तयार पारेको थियो ।

संहिताको दफा २१९ को उपदफा ३ (घ) मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमेरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । त्यही अनुसार अधिकतम सजायको मागदाबी गरिएको छ ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा गत भदौ २१ गते १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । त्यही जाहेरीको आधारमा लामिछाने असोज २० काठमाडौंबाट पक्राउ परेका हुन् ।