काठमाडौं, २३ कार्तिक । दिपायल केन्द्रबिन्दु बनाएर हिजो साँझ ९ बजेर ७ मिनेट देखी खप्तड राष्ट्रिय निकुञ्ज खप्तड बाबाको आश्रमलाई केन्द्रबिन्दु बनाएर देखी बिहान २ बजेर १२ मिनेट जाँदा सम्म पश्चिम नेपालमा ७ पटक भुकम्पको धक्का महशुश भएको छ । हिजो साँझ ५.७ र बिहान ६.६ म्याग्निच्यूटको भुकम्प गएको र यस बिचमा थप ५ पटक भुकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजयी अधिकारीले जानकारी दिएका छन ।
भुकम्पले डोटीमा घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साना गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया बगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहराको मृत्यू भएको छ भने सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महावीर बोहरा घाइते भएको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिएका छन ।
गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ ।
घाइते केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले बताएका छन । गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन ।