एमालेका मामालाई हराउँदै काँग्रेसका भान्जाले चुनाब जिते

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाण्डौ, ५ मँसिर । आफ्नै नेकपा एमालेका उम्मेद्धवार मामा प्रेम प्रसाद तुलाचनलाई हराउँदै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार २९ वर्षका योगेश गौचन थकाली निर्वाचित भएका छन ।
काँग्रेस जिल्ला सभापति रोमी गौचन थकालीका छोरा योगेसले प्रेम तुलाचनलाई ९ सय १४ मतले पराजित हुन ।
सात हजार दुई सय ५९ मत खसेको मुस्ताङमा योगेशले ३ हजार ९ सय ९२ मतसहित जितेका हुन भने एमालेका उम्मेदवार एबँ निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन ।