काठमाण्डौ, ६ मँसिर । बहुचर्चित क्षेत्र काठमाण्डौ १ मा राप्रपाका रबिन्द्र मिश्रलाई १ सय २५ मतान्तरले हराउँदै नेपाली काँग्रेसका प्रकास मान सिँह श्रेष्ठ बिजयी भएका छन ।
प्रकाशमानले ७ हजार १ सय ४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत ल्याएका छन । यसैगरी उक्त क्षेत्रमा राष्टिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार १ सय १५, एमालेका किरण पौडेलले ३ हजार ५ सय ३२ तथा नेपाल शु शासन पार्टीका रमेश खरेलले ३ हजार १ सय २४ मत पाएका थिए ।

