काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडौं निर्वाचन- ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न मतगणनामा चालिसे १५ हजार १५८ मतसहित विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर राईले ११ हजार १९६ मतमात्रै प्राप्त गरे । राई २०७४ सालमा यसै  क्षेत्रबाट निर्वाचित भएका थिए ।

याे सँगै कांग्रेसले काठमाडौंमा चार स्थानमा जित हासिल गरिसकेकाे छ । १ मा प्रकाशमान सिंह, ४ मा गगन थापा र ५ मा प्रदीप पौडेल निर्वाचित भईसकेका छन् ।