बधाई दिने बहानामा प्रचण्डलाई ओलीकाे टेलिफाेन,माधव नेपाललाई किन गरेनन्?

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि



काठमाडौं । निर्वाचन अगाडिसम्म एक अर्काको कटु आलोचना गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ ।

उनीहरुबीचको संवादको बहाना भने निर्वाचनमा विजयी भएकोमा बधाई दिनु थियो । मतगणना सम्पन्न नभए पनि कुन दलको कति सिट आउँछ भन्ने मोटामोटी भएपछि कसैको बहुमत नआउने देखेर ओलीले मिलिजुली सरकार गठनका लागि सर्र्वप्रथम प्रचण्डलाई फोन गरेर भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

त्यस क्रममा ओलीले मिल्नुको बिकल्प छैन भनेर फकाउने प्रयास गरेको बुझिएको छ । हिजोका दिनमा कम्युनिष्टको बहुमत हुँदा त्यसको महत्व नबुुझेर छिन्नभिन्न बनाएका ती दलहरु आज फेरि बहुमतको महत्व देख्दैछन् ।

यी नै कम्युनिष्टका कारण जनताले ५ वर्ष प्रतिपक्षमा बस्नु भनेर पठाएको नेपाली कांग्रेस अहिले सरकारमा छ । भोलिका दिनमा पनि गठबन्धनलाई साथमा लिएर सरकारको नेतृत्व गर्ने उसको दाउमा छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको छ ।बधाई तथा शुभकामना दिन पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले टेलिफोन गरेर बधाई दिएको जानकारी दिएका हुन् ।

कसैको पनि बहुमत नआउने देखेपछि ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको भन्दै पहिले नै प्रचण्डलाई सम्पर्क गरेका हुन् । प्रचण्ड जता लागे उसकै नेतृत्वमा सरकार बन्ने अवस्था सिर्जन हुने देखिएको छ।

निर्वाचनको परिणामले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएपछि दोस्रोे ओली कसिएका हुन् ।निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको भन्दै ओलीले बाम घटकहरु मिल्नुको विकल्प देखेका छैनन् ।प्रचण्ड र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर बधाई दिएका ओलीले माधव नेपाललाई भने सम्पर्क गरेनन् ।