धनुषा ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई १२४ मतले हराउँदै महासेठ विजयी भएका हुन् । यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयले जनाएको छ । सुरूवातदेखि नै निरन्तर पछाडि परेका महासेठ अन्तिममा अग्रता लिँदै विजयी भएका हुन् ।
यो पटक यादव माओवादी, नेकपा एस र लोसपासँगको समर्थनमा सत्तागठबन्धनका साझा उम्मेदवार थिए ।धनुषा ३ बाट महासेठपत्नी जुलीकुमारी महतो भने विजयी भइसकेकी छन् । एमाले नेतृ जुलीलाई जसपाले सहयोग गर्दा सत्ता गठबन्धनका उम्मेदवार लोसपा नेता अनिल झाला पराजित भएका थिए ।