स्मार्ट क्यूआर मार्फत भुक्तनीकालागी एभरेष्ट बैक र स्मार्ट च्वाइसबिच सँझौता

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रविधि , २ वर्ष अगाडि

काठमाण्डौ, १३ मँसिर । स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि एभरेष्ट बैंक र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)बीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन ।

गएको २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजी र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास लिइएको छ ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग प्रयोगकर्ताले ईबीएल टच ट्वान्टीफोर एपमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन भने एभरेष्ट बैंकमार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्न छन ।

ई.एम.भी. स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फच्र्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने विश्वास लिइएको छ ।