एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली निर्विरोध

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई  दलको नेता चयन गरेको हो। 

पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले ओलीलाई निर्विरोध संसदीय दलको नेता चयन गरेको हो।

सचिव अधिकारी अनुसार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका हुन्। मङ्सिर ४ गते सम्पन्न सङ्घीय चुनावमा प्रतिनिधि सभामा ७८ सिटसहित एमाले दोस्रो पार्टी बनेको छ।