कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।बुधबार बिहान भएको निर्वाचनमा देउवाले कूल ८९ मतमध्ये ६४ मत ल्याएर विजयी भएका हुन् देउवाका प्रतिद्वन्द्वी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ । 

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका थिए। थापाको प्रस्तावकमा महान्त्री विश्वप्रकाश शर्मा र समर्थकमा धनराज गुरुङ र युवा नेता प्रदीप  पौडेलले समर्थन गरेका थिए।गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।

संसदीय दलको नेतामा देउवासँग पराजित भएसँगै महामन्त्री गगन थापाले आफू भावी सरकारमा सामेल नहुने र भविष्यमा संसदीय दलकै नेता बन्ने तयारीमा केन्द्रित हुने अभिव्यक्ति दिएका छन् ।

संसदीय दलको नेता चयनको मतपरिणाम सार्वजनिक भए लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पारे ।