चार्ल्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । सर्वाेच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ ।

अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार आजै उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो । सर्वाेच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई आजै केन्द्रीय कारागारबाट रिहा गरिएको थियो । कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी आज बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको जानकारी दिनुभयो ।

सर्वाेच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट (नेपाल छाड्न) आदेश दिएको थियो । उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो । उनलाई प्रहरीले विसं २०६० सालमा पक्राउ गरेको थियो ।