काठमाण्डौ,१० माघ । राष्ट्रपती बिधादेबी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा राष्ट्रपतीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

यसअघि दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गर्नकालागी नेकपा एमाले सहित सात दल तथा तिन स्वतत्र साँसदले राष्ट्रपती कार्यालयमा निबेदन दर्ता गराएका थिए ।
यसरी निबेदन दर्ता गराउनेहरुमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ छन । संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद छन भने स्वतन्त्र साँसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साहले पनि दाहालको समर्थनमा हस्ताक्षर गरेका छन ।

यसैबिच नबनियुक्त प्रधानमन्त्री दाहालको सपथग्रहण भोली अपरान्ह ४ बजे हुने जानकारी राष्ट्रपती कार्यालयले दिएको छ ।

